back

रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक

काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक भएको छ।

कम्पनीले ३५० सिसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जिटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिइएको छ।

यस मोटरसाइकलमा भएको ३५० सिसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी बलियो टर्क र अत्यन्त परिस्कृत सवारी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुसन प्याडिङले सहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिनेछ।

कम्पनीका अनुसार यसमा नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर उपलब्ध छन्।

बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग टिविन्स पिस्टन फ्लोटिङ क्यलिपर र पछाडि रहेको २७० एमएम डिस्क ब्रेकसँग सिंगल पिस्टन फ्लोटिङ क्यलिपरले अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ।

नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ।

नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन रोयल इन्फिल्डको नेपालभरि २४ वटै सोरुममा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...