back

नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज स्थापना

काठमाडौं । नेपाल र जापानबीचको व्यापार, उद्योग, र पर्यटनका क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज स्थापना गरिएको छ।

गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको यो संस्था दुवै देशका उद्योगपति, व्यापारी, र व्यवसायीक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढ्नेछ।

नेपाल र जापानबीचको आर्थिक, सांस्कृतिक, र व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित चेम्बरले दुवै देशका व्यवसायीक समुदायलाई सशक्त रूपमा जोड्ने अपेक्षा गरिएको छ।

चेम्बरले व्यापार, कृषि, उद्योग, र पर्यटन क्षेत्रमा तथ्यांक संकलन गर्दै नेपाल र जापानको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ। यसै अवसरमा, प्रथम वार्षिक साधारण सभामा सौरभ ज्योति अध्यक्ष पदमा निर्वाचित भएका छन् भने ऋतु सिंह वैद्य उपाध्यक्ष पदमा चयन भएका छन्। साधारण सभामा संस्थाका अन्य संचालक सदस्यहरूको उपस्थिति रहेको थियो।

संस्थाको कार्यालय उद्घाटन जापानी दूतावासका मिशन अन्य नियोज तामुरा ताकाहिरोले गरेका थिए। उनले नेपाल–जापान सम्बन्धलाई अझै गहिरो बनाउन चेम्बरको महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे।

यो संस्था कुनै नाफा वितरण नगर्ने गरी सञ्चालन हुने छ। आर्जित मुनाफा संस्थाका उद्देश्य पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको छ, जसले यसलाई सामाजिक सेवामा केन्द्रित बनाउन योगदान पुर्याउनेछ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...