एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर ६ बिहीवार
काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर अवस्थामा छ । आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित समय : ११:०१ बजे





















