back
skip this gaugauma singhadarbar

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा अद्यावधिक गर्नुपर्ने

काठमाडौं । बैंकहरुले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था समयसापेक्ष संशोधन तथा परिमार्जन गरी कर्जा सूचनासम्बन्धी व्यवस्थाको प्रस्तावित मस्यौदामा यस्तो प्रावधान ल्याएको हो।

प्रस्तावित मस्यौदामा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण कर्जा वा सुविधाको विवरण कर्जा स्वीकृत गरेको र/वा कर्जा प्रवाह भएको ७ दिनभित्र कर्जा सूचना केन्द्रमा अद्यावधिक गर्नुपर्नेछ।यसैगरी ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जा वा सुविधाको विवरण भाखा नाघेको ७ दिनभित्र बैंक तथा वित्तीय संस्थाले कर्जा सूचना केन्द्रमा पेस गर्नुपर्नेछ।

बैंक तथा वित्तीय संस्थाले प्रत्येक त्रैमास समाप्त भएको मितिले ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा चुक्ता नभएसम्म कर्जा सूचना केन्द्रको सूचना प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ। यसरी केन्द्रमा पठाएको विवरणमा पछि कुनै परिवर्तन भएमा वा कर्जा चुक्ता भएमा, भाखा नाघेको कर्जा भएमा वा थप वा पुनर्संरचना वा पुनर्तालिकीकरण भएमा सोको जानकारीसमेत ७ दिनभित्र केन्द्रको प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

कर्जा विश्लेषणलाई प्रभावकारी बनाउन कर्जासम्बन्धी सूचनाको व्यवस्था र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम कर्जा चुक्ता नगर्ने ऋणलीलाई कालोसूचीमा राख्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वाञ्छनीय भएकोले यो व्यवस्था लागू गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। प्रस्तावित मस्यौदामा मंसिर ३० गतेभित्र राष्ट्र बैंकमा लिखित वा ई–मेलमार्फत रायसुझाव पठाउन पनि राष्ट्र बैंकले सरोकारावाला सबै निकायलाई आग्रह गरेको छ।

nactional life -asoj
gaugauma singhadarbar

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:५९

काठमाडौं । सर्लाही । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष...

जीवन बीमा कम्पनीहरुले कमाए झण्डै २ अर्ब नाफा, कुनको कति ?

जीवन बीमा कम्पनीहरुले कमाए झण्डै २ अर्ब नाफा, कुनको कति ?

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:३५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को...

नबिल बैंकको नयाँ हाउजिङ लोन योजना सार्वजनिक, ६.३३% ब्याजदर र ३५ वर्षसम्म कर्जा सुविधा

नबिल बैंकको नयाँ हाउजिङ लोन योजना सार्वजनिक, ६.३३% ब्याजदर र ३५ वर्षसम्म कर्जा सुविधा

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:१०

काठमाडौं । नबिल बैंकले घर निर्माण तथा खरिद गर्न चाहने...

सन नेपाल लाइफ इन्स्योरेन्स र लुम्बिनी वर्ल्ड पीस फोरम बीच ‘१ मिलियन ट्रीज क्याम्पेन’ का लागि सहकार्य

सन नेपाल लाइफ इन्स्योरेन्स र लुम्बिनी वर्ल्ड पीस फोरम बीच ‘१ मिलियन ट्रीज क्याम्पेन’ का लागि सहकार्य

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:०२

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन...

यस्तो देखियो, देशको वर्तमान वित्तीय स्थिती

यस्तो देखियो, देशको वर्तमान वित्तीय स्थिती

वि.सं.२०८२ कात्तिक ३० आइतवार १७:५४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असोज महिना सम्मको तथ्याङ्क...

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

वि.सं.२०८२ कात्तिक ३० आइतवार १७:४९

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको...