सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर ४ मंगलवार
काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित समय : १२:०० बजे





















