स्टान्डर्ड चार्टर्ड बैंकले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा
वि.सं.२०८१ मंसिर ४ मंगलवार
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ । सभामा बैंकले ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभा प्रयोजनका लागि यस बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने जनाएको छ ।
प्रकाशित समय : १२:१३ बजे





















