सर्वोत्तम सिमेन्ट २ करोड २५ लाख रुपैयाँ घाटामा
वि.सं.२०८१ मंसिर २ आइतवार
काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को वित्तीय विवरण सार्वजनिक छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको पहिलो त्रेमासमा कम्पनीको सञ्चालन आम्दानी पनि ७७.१६ प्रतिशतले घटेर १ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ ।
गत वर्षको यसैअवधिमा कम्पनीले ६ अर्ब ३७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । असोजसम्ममा यसको बिक्री लागत पनि ७६.०४ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ ।
हाल यसको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ४ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा (वार्षिक) ऋणात्कम र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा छ ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १.९४ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८.३३ रुपैयाँ रहेको छ।
प्रकाशित समय : ११:०८ बजे





















