back

पञ्चकन्या स्टीलले पायो नेपालमै पहिलोपल्ट अन्तराष्ट्रिय ग्रिनप्रो प्रमाणपत्र

काठमाडौं । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टीलको उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सिआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ । यही २०८१ असोज ३० गतेका दिन भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र प्राप्त गरे ।

पञ्चकन्या स्टीलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि समेत हो । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री–सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको छ ।

यसै बीच दिगो विकास र वातावरण प्रति मुख्य ध्यान दिदै भारत र न्यूजिल्याण्डबीच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । न्यूनतम कार्वन उत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो । हालसम्म विश्वका ४८० उद्योगहरुका ९५०० थरिका उत्पादनहरुले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन् ।

सिंगापुर, जर्मन, भारतका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा वातावरण तथा हरित क्रान्तिमा आएको सकारात्मक प्रभाव देखिएकोमा सहभागी महानुभावहरुले गर्व र सन्तोषको महसुस गर्नु भएको थियो । विश्व व्यापी रुपमा तापक्रम बढ्ने क्रम जारी छ र वातावरणमा नकारात्मक असर परिराखेको वर्तमान अवस्थामा वातावरण मैत्री प्रविधिलाई लागू गर्नु पर्ने टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै यस्ता प्रविधि र सामग्रीलाई प्राथमिकता दिनु पर्नेमा सबैको सहमती भयो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...