back

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड : तोलाकै १ लाख ६५ हजार पूग्यो ?,कतिसम्म बढ्ला भाउ ?

किन बढिरहेको छ भाउ यस्तो छ कारण ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २७२१ अमेरिकी डलर छ। अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा बढेको हो ।

यतिबेला प्रमुख दुई कारणले सुनको भाउ बढाएको सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ । पहिलो– मध्यपूर्वी युद्ध र दोस्रो– अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितता ।

‘जब जब अन्तर्राष्ट्रिय तनाव र द्वन्द्व बढ्न थाल्छ, त्यसले सुनको माग ह्वात्तै बढाउने गरेको छ, यतिबेला मध्यपूर्वी युद्धको तनाव छ, अर्कोतिर अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्न सक्ने अनिश्चितताले लगानी सुनतिर मोडिएको छ’ विजडमट्री कमोडिटी रणनीतिकार नितेश शाहले रोयटर्सलाई भनेका छन् । त्यस्तै अमेरिकामा घट्दो ब्याजदरले पनि सुनको मूल्य बढाउन सहयोग गरिरहेको उनले टिप्पणी गरेका छन् । अमेरिकी केन्द्रीय बैंकले अब ब्याजदर घटाउँदै लैजाने रणनीति लिएको छ, यसले गर्दा सुनको माग बढेको छ ।

रुस–युक्रेन युद्ध र त्यसले निम्तिएका संकट, विश्वका केन्द्रीय बैंकको उच्च भण्डारण, अमेरिकामा घट्न थालेको ब्याजदर र पछिल्लो समय इरान–इजरायल युद्धले सुनको मूल्य बढाउँदै लगेको हो ।

कतिसम्म बढ्ला भाउ ?

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्वका ठूला लगानीकर्ताको मनोभावनासँग यो जोडिएको विषय हो ।

अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गरिरहेका छन् । लण्डन बुलियन मार्केट एसोसिएसनले सुनको मूल्य आगामी १२ महिनाभित्र प्रतिऔंस २९४१ डलरसम्म पुग्ने अनुमान गरेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ । लण्डन बुलियन मार्केट एसोसिएसनको अनुमान मान्ने हो भने नेपाली बजारमा तोलाको १ लाख ७८ हजार रुपैयाँ एक वर्षभित्रै पुग्नेछ ।

प्रक्षेपणको आधार भने खुलस्त पाइँदैन । यो प्रक्षेपण मात्रै भएकाले वास्तविक परिवेशमा नमिल्न सक्ने भएकाले विश्वास गरेर कारोबार नगर्न पनि एसोसिएसनले आग्रह गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...