चाइनाबाट मात्रै १ अर्ब बढीको जुत्ता चप्पल भित्रियो
वि.सं.२०८१ कात्तिक २ शुक्रवार
काठमाडौं । दुई महिनामा चाइनाबाट १ अर्ब बढीको जुत्ता चप्पल भित्रिएको छ । नेपालीहरूको माहान चाडपर्व सुरु भएसँगै चालु आर्थिक वर्षको भदौ र असोज महिनामा १ अर्ब ६७ करोड ५ लाख रुपैयाँ बढीको जुत्ता चप्पल भित्रिएको नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांकमा उल्लेख छ ।
नेपालीहरूले दैनिक प्रयोग गर्ने विभिन्न ब्राण्डका जुत्ता चप्पल भदौ र असोज महिनामा इन्डियाबाट मात्रै २० करोड रुपैयाँ बढीको आर्यात भएको हो ।
सावर्जनिक भएको तथ्यांक हेर्दा गत आवको सोहि अवधिमा जुत्ता चप्पल १७ करोड रुपैयाँको आर्यात भएको थियो । गत आवको यसै अवधिको तुलनामा जुत्ता चप्पल अहिले बढी भित्रिएको देखिन्छ ।
जुत्ता चप्पल किन्दा ध्यान दिनुपर्ने कुरहरू
आफ्नो उमेरसँगै आफ्नो जुत्ता चप्पलको साइज फरक पर्ने हुनाले आफूलाई ठिक्क हुने मात्र छानेर किन्ने।
जुत्ता चप्पलको साइज प्रायोजन अनुसार पनि फरक पर्छ। आफुलाई दगुर्न, सामान्य हिँडडुल र अफिसका लागि बनाइएको जुत्ता एकै साइज भए पनि आफूलाई नमिल्न सक्छ। त्यसैले किन्नुअघि लगाएर, हिँडेर हेर्ने।
प्रायः मानिसको एक खुट्टा अर्कोभन्दा ठूलो हुन्छ। त्यसैले दुवै जुत्ता दुवै खुट्टामा मिल्छ भन्ने निश्चित गर्ने।
जुत्ता चप्पल किन्नुअघि त्यसलाई लगाएर यताउता हिँड्ने। आफ्नो खुट्टाको आकारजस्तो छ, त्यस्तै जुत्ता चप्पल किन्ने।
तन्किन्छ वा खुल्छ भनेर आफ्नो साइजभन्दा सानो जुत्ता चप्पल नकिन्ने। सानो वा ठुलो साइजको जुत्ता चप्पलले तपाईंको खुट्टालाई असर गर्न सक्र्छ।
प्रकाशित समय : १७:२९ बजे




















