back
nactional

एकल पुरुषलाई मासिक १ हजारका दरले सामाजिक सुरक्षा भत्ता

काठमाडौं । महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।

चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो । चालु आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक १ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिए । “चालु आवको गाउँसभाबाट एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो,” उनले भने, “साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता दिइसकेका छौँ ।”

मापदण्ड भित्रका एकल पुरुष काम गर्न शारीरिक रुपमा कमजोर हुँदै जाने उमेर समूहका भएकाले उनीहरुको सहाराका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

“६० वर्ष उमेर पुगेपछि नागरिकले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ,” उनले भने, “त्यसभन्दा कम उमेरका एकल पुरुषलाई भत्ता दिन थालेका छौँ ।” गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्ष सम्मका पुरुषलाई मासिक भत्ता दिने गाउँपालिकाले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:०३

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स...

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, यामाहा RayZR 125 हाइब्रिडसहित ३६२ उपहार

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, यामाहा RayZR 125 हाइब्रिडसहित ३६२ उपहार

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:००

काठमाडौं । बर्जर पेन्ट्स नेपालले चाडपर्वलाई लक्षित गर्दै लोकप्रिय उपभोक्ता...

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२९

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

वि.सं.२०८३ भदौ ३ बुधवार १६:२१

काठमाडौं। एनसेलले १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय...