back

एकल पुरुषलाई मासिक १ हजारका दरले सामाजिक सुरक्षा भत्ता

काठमाडौं । महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।

चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो । चालु आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक १ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिए । “चालु आवको गाउँसभाबाट एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो,” उनले भने, “साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता दिइसकेका छौँ ।”

मापदण्ड भित्रका एकल पुरुष काम गर्न शारीरिक रुपमा कमजोर हुँदै जाने उमेर समूहका भएकाले उनीहरुको सहाराका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

“६० वर्ष उमेर पुगेपछि नागरिकले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ,” उनले भने, “त्यसभन्दा कम उमेरका एकल पुरुषलाई भत्ता दिन थालेका छौँ ।” गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्ष सम्मका पुरुषलाई मासिक भत्ता दिने गाउँपालिकाले जनाएको छ ।


खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्यो

खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १९:१०

काठमाडौँ । दक्षिणी चिनियाँ शहर शेन्जेन रोबोटिक्स नवप्रवर्तन र उत्पादनको...

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द,आपतकालीन संकट घोषणा

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द,आपतकालीन संकट घोषणा

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:२६

काठमाडौं । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल...

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:१६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस...

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०९:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी...

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा चेम्बरको सुझाव

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा चेम्बरको सुझाव

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२०

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र...

नयाँ बजेटमा समेट्न उद्योग वाणिज्य महासंघले कांग्रेसलाई बुझायो सुझाव

नयाँ बजेटमा समेट्न उद्योग वाणिज्य महासंघले कांग्रेसलाई बुझायो सुझाव

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८२/८३...