back
nactional

बालबालिकालाई खुत्रुकेमा पैसा बचत गर्न कसरी सिकाउने ?

पैसा बचत गर्न कसरी प्रेरित गर्ने ?

काठमाडौं । बचत गर्ने बानीले जीवनलाई सरल बनाउँछ । पैसा कति कमाइन्छ भन्दा पनि कमाएको पैसामध्ये कति बचत गरिन्छ, त्यो ठूलो कुरा हो । जब बचत गर्न जानिन्छ तब पैसाको कहिल्यै दु:ख हुँदैन । त्यसैले बचत गर्ने बानी सानै उमेरदेखि सिकाउनुपर्छ ।

जसरी हामी सानैदेखि बच्चालाई बिहान उठेर मुख धुन, दाँत माझ्न सिकाउँछौं, त्यसरी नै बच्चालाई पैसा खर्च र बचत गर्न पनि सिकाउनु पर्छ । ‘बच्चा खर्चिलो वा पैसा बचत गर्ने, यो उसको सुरुवाती जिन्दगीको अनुभव वा घरको माहोलमा निर्भर गर्छ । यस्तो बानी बाल्यकालदेखि नै विकास हुन्छ,’बचत गर्ने बानी विकास गर्न खुत्रुके एउटा राम्रो विकल्प हो । बच्चासँग भएको अलिकति पैसा खुत्रुकेमा हाल्नुपर्छ, बचत गर्नुपर्छ भन्ने बानी बस्यो भने त्यो जीवनपद्धतिकै रूपमा विकास हुन्छ । त्यसैले खुत्रुकेको प्रचलन निकै वैज्ञानिक र उपयोगी हुन्छ । पैसा हातमा परेपछि पसल गएर केही खानेकुरा किनेर खाने कि खुत्रुकेमा हाल्ने भन्ने कुराको छनोट बच्चाले त्यहीबाट गर्छ । यसले बच्चामा बचतको बानीसँगै अनुशासनको पनि विकास हुन्छ ।

बालबालिकालाई ‘पैसा कमाउने प्रक्रियाको बारेमा कसरी बुझाउने ?

बच्चालाई सानो उमेरमा पैसाको कुरामा संलग्न नै नगराउने अनि पछि ऊ युवावस्थामा पुगेपछि एक्कासि तिमीले अब पैसा कमाउनुपर्छ आर्थिक रूपमा सबल हुनुपर्छ भनिन्छ । यस्तोमा उसलाई पैसाको महत्त्व बुझ्न नै समय लाग्छ । हाम्रो नेपाली समाजले पैसाको कुरामा बच्चालाई संलग्न गराउँदैन । पैसाको बारेमा कुरा गर्दा बच्चाले नसुनोस् भनेर ढोका थुनेर गर्छन् । तर आम्दानीको स्रोत के हो, खर्च कहाँ कहाँ हुन्छ र कति बचत हुन्छ भन्ने कुरामा बच्चालाई सानैदेखि संलग्न गराउनु पर्छ ।‘यसो गर्दा आम्दानी नहुँदा अनावश्यक खर्च गर्नु हुन्न, हाम्रो आर्थिक हैसियत यो हो भन्ने कुरा बच्चाले थाहा पाउँछन्’ ।

पैसा बचत गर्न कसरी प्रेरित गर्ने ?

बच्चाको आम्दानीको स्रोत भने टीका लगाएर पाएको पैसा, खाजा खान दिएको पैसा आदि हुन् ।बच्चाको खुत्रुकेमा जम्मा भएको रकम बैंकमा जम्मा गरिदिनुपर्छ । यदि बच्चाले बैंकबाट सानो रकम मात्रै ब्याजको रूपमा पाए भने उनीहरूलाई त्यसले झनै प्रोत्साहित गर्न सक्छ ।

पैसासँगै डिजिटल मुद्राको महत्व पनि सिकाउनुपर्छ ।

आधुनिक प्रविधिसँगै डिजिटल पेमेन्ट र मुद्राको प्रचलन बढिरहेको छ । नयाँपुस्तालाई यसबारे जानकारी भए पनि ज्येष्ठ नागरिक र बच्चालाई यसबारे जानकारी कम हुने भएकाले उनीहरुलाई यसबारे सिकाउनु पर्छ । ‘बच्चाहरू पैसा भनेपछि नोट सम्झिन्छन् । तर अहिले त पैसाभन्दा डिजिटल मुद्राको प्रयोग बढी छ, यस्तोमा अभिभावकले आफ्ना बच्चालाई पनि डिजिटल मुद्राको बारेमा पनि आवश्यक ज्ञान दिनुपर्छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:४२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५६

भैरहवा । रुपन्देहीमा राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको देखिएको...

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान...

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२९

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

वि.सं.२०८३ भदौ ३ बुधवार १६:२१

काठमाडौं। एनसेलले १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स...