back

कानुन अभावमा विपद् कोषको रकम खर्च गर्न समस्या’

जनकपुरधाम । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले विपद् व्यवस्थापनसम्बन्धी ऐन तथा कानुनको अभावमा मधेस प्रदेशका बाढीपीडितलाई आर्थिक तथा भौतिकलगायत अन्य राहत सामग्री सहज रुपमा उपलब्ध गराउन नसकेको बताएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित सुरक्षा तथा विपद्सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका आठ जिल्लामा जनधनको क्षति भएपनि प्रदेश सरकारको स्पष्ट निकाय नहुँदा क्षति विवरण सङ्कलन तथा पीडितलाई सहयोग गर्न नसकेको उनले बताए ।

राहत सामग्री जिल्ला प्रशासनमार्फत मात्र वितरण हुनुपर्ने एकद्वार प्रणाली रहेकाले मधेस प्रदेश सरकार समस्यामा परेको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयबाट राहत सामग्री वितरणमा व्यापक ढिलाइ हुने तथा प्रक्रिया पुराउनुपर्ने समस्या रहेको उनको गुनासो छ । मधेस प्रदेशको विपद् व्यवस्थापन कोषमा रु १२ करोड रकम भएपनि आफैँले खर्च गर्ने नसक्ने विडम्वना मन्त्री लेखीले सुनाए ।

सोही कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारीले हालै आएको बाढीले व्यापक क्षति पु¥याएकाले बाटोघाटोमा सुधार, पुलहरुको मर्मत तथा निमार्ण गरी सहज वातावरण बनाउनका साथै जनतालाई राहत सामग्री वितरणमा ढिलाइ गर्न नहुनेमा जोड दिए।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरु सङ्घीय सरकारअन्तर्गत रहेकाले तिनीहरुमार्फत सुरक्षा र राहत सामग्रीलगायतका सामग्री वितरण गर्नुपर्ने प्रावधानले प्रदेश सरकारले बाढीपीडितहरुलाई सहयोग गर्न असमर्थ रहेको मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रप्रसाद महतोको भनाइ छ ।

“वर्तमान संविधानमा जिल्ला प्रशासन कार्यालयको परिकल्पना छैन । अहिलेसम्म मधेस प्रदेश सरकारले प्रहरी ऐन ल्याउन नसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीको सञ्चालन तथा खटनपटन गर्न सक्ने अवस्था छैन”, उनले भने, “अहिले हामी सङ्घीयतालाई कार्यावन्यन तथा व्यवस्थित गर्ने प्रयासमा छौँ ।”

सो अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका सांसदहरु रामसरोज यादव, सञ्जय यादव, मनोजकुमार सिंंह, सारदा पहाडी, रामआशिष यादव, राजेन्द्र यादव, जीवछी यादव र उपेन्द्र महतो तथा पूर्वमन्त्री शारदा थापालगायत वक्ताहरुले प्रहरी ऐन चाँडो ल्याउनुपर्ने तथा अविलम्ब बाढीपीडितहरुलाई राहत सामग्री उपलब्ध गराउनुपर्ने माग गरे

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...