नेपाल बैंकको कर्जा योजना: ७.७० प्रतिशत ब्याजदरमै आवास कर्जा

वि.सं.२०८१ असोज १६ बुधवार

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्यून ब्याजदर ७.७० मा नेपाल बैंकले सर्वसुलभ आवास कर्जा ल्याएको छ ।
नेपाल बैंकले सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य र्बैकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् ।
बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी ५ लाखदेखि अधिकतम २ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ ।
यसका अतिरितm बैंकले नेपाल बैंक समृद्ध व्यवसाय कर्जा, नेपाल बैंकअटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ । कर्जा सिमा १० करोडसम्म रहेको नेपाल बैंक समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ भने व्यवसायिक ग्राहकहरूले चालु पुँजी तथा स्थिरपुँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।
त्यसैगरी नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखि बैंकले प्रवाह गर्ने ने।बैं।लि। अटो कर्जाको व्याजदर हाल ७.७८ प्रतिशत रहेको छ ।

प्रकाशित समय : १३:१७ बजे