सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ असोज १६ बुधवार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । छापावाल सुन बुधबार ८ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९३५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित समय : ११:१९ बजे





















