back
skip this gaugauma singhadarbar

मर्चेन्ट बैंकर एशोसिएनमा नयाँ कार्य समिति चयन

काठमाडौं । मर्चेन्ट बैंकर एशोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको १५ औं वार्षिक साधारणसभाले एनआईसी एशिया क्यापिटल लिमिटेडका रामेन्द्र रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडका मनिस नारायण जोशी चयन भएका छन् भने महासचिवमा गरिमा क्यापिटल लिमिटेडका निर्मल भट्टराई र कोषाध्यक्षमा एनआइएमबी एस क्यापिटल लिमिटेडका शिवान्त ब.पांडे चयन भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा सिद्दार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्की, कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र नेपाल एसबिआई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत लेख नाथ पोखरेल निर्वाचित भएको जानकारी एशोसिएसनले दिएको छ ।

यसअघि एशोसिएसनको नेतृत्व लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले गर्दै आएका थिए । श्रेष्ठ नेतृत्व कार्यसमितिको कार्यकाल सकिएसँगै नयाँ कार्यसमिति चयन भएको हो । नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकहरुको कार्य गर्न ३० वटा मर्चेन्ट बैंंकले अनुमति लिएका छन् ।


नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

वि.सं.२०८२ भदौ २५ बुधवार १३:१६

काठमाडौं ।  हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै...

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

वि.सं.२०८२ भदौ २५ बुधवार १२:४६

काठमाडौं । जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका...

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३८

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३५

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

वि.सं.२०८२ भदौ २३ सोमवार १७:१२

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै...

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित पुरस्कारबाट सम्मानित

वि.सं.२०८२ भदौ १७ मंगलवार ११:४९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा...