सुनको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ असोज १४ सोमवार
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि सोमबार तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १९४५ रुपैयाँ रहेको चाँदी १९४० मा झरेको छ ।
प्रकाशित समय : ११:४७ बजे





















