back

अकबरे खुर्सानी बेचेर छ महिनामै १० लाख आम्दानी

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झर्नुभयो । बसाइँसराइगरी परिवारसहित चितवन झर्नुभएका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लाग्नुभएको छ ।

पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गर्नुभएका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लाग्नुभएको थियो । उहाँ बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लाग्नुभएको हो । कार्कीले अकबरेखेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेतीतर्फ जोड दिनुभएको छ । वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेका छन् ।

छ महिनामै रु १० लाखको अकबरे बिक्री गर्नुभएका कार्की खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ । बढ्दो बसाइँसराइ र युवाको विदेश मोहले गर्दा अहिले गाउँका खेतीयोग्य जमिन बाँझोमा परिणत भएका छन् । बसाइँसराइ गरेर गएको १० वर्षपछि फर्किएर व्यवसाय थाल्नुभएका कार्कीले गाउँमा ठूलो सम्भावना देख्नुहुन्छ । अहिले उहाँले गाउँका बाँझो जमिनलाई उत्पादनसँग जोड्न थाल्नुभएको छ । अकबरेको मागसमेत बढेको हुँदा उत्पादन बढाउनुपर्ने दबाबमा कार्की हुनुहुन्छ । करिब १० रोपनी क्षेत्रफलमा करिब छ हजार अकबरेका बिरुवा सप्रिएर फल दिएपछि उहाँ बिहानदेखि साँझसम्मै बारीमा व्यस्त हुनुहुन्छ । करिब रु तीन लाख लगानी गरेर सुरु गरेको खुर्सानी खेतीबाट यो याममा रु २० लाख आम्दानी गर्ने लक्ष्य रहे पनि सुरुआती चरण भएको हुँदा सोचेअनुसार नभएको कार्कीले बताउनुभयो । प्रतिकिलो रु दुई सयमा करिब पाँच हजार किलो अकबरे बिक्री गरिसकेको उहाँको भनाइ छ । अझै केहीमात्रामा खुर्सानी टिप्न बाँकी रहेको उहाँ बताउनुहुन्छ ।

अकबरेको बजारका लागि कुनै समस्या नभएको भन्दै अहिले बागलुङसहित चितवन पठाउने गरेको कार्कीले बताउनुभयो । चितवनमा बुबाआमा रहेको हुँदा उहाँहरुले बिक्री गर्ने गरेको कार्की बताउनुहुन्छ । “हाम्रो परिवारले धेरै वर्ष अगाडि चितवन बसाइँसराइ गरेको थियो, म पनि धेरै वर्ष उतै बसेँ, पछि गाउँ धेरै सम्भावना देखेर आएको हुँ, सुरुमा कुखुरापालन गरियो, राम्रो भएन, पछि बाख्रापालन थाले राम्रो हुँदै गयो, अहिले अकबरेलाई जोड दिएको छु, यसबाट धेरै राम्रो भयो”, कार्कीले भन्नुभयो, “सुरुमा धेरै सोच भएन, अलि धेरै आम्दानी गर्न सकिन्छ कि भन्ने लागेको थियो, त्यो हुन सकेन, विस्तारै ज्ञान हुँदै गएको छ, अर्को वर्षबाट राम्रो हुने आशा गरेको छु, गाउँमा जग्गा जति पनि छ, मान्छेहरु कोही बजार झरेका छन्, कोही विदेश गएका छन् ।”

कार्कीलाई उहाँकी श्रीमती सन्दीपाले साथ दिँदै आउनुभएको छ । चार वर्षदेखि बाख्रापालन गर्दै आउनुभएका कार्कीले यसबाट पनि राम्रो आम्दानी गर्दै आउनुभएको छ । अब अकबरे खेतीलाई नै बढी समय दिने उहाँको भनाइ छ । हाल उहाँको बाख्रा फार्ममा ६० खसीबोका छन् । बढ्दो बसाइँसराइले गाउँ रित्तिएपछि सुनसान बन्दै गएको छ । गाउँमा व्यवसाय गरेर अरुलाई पनि यहाँ धेरै सम्भावना रहेको देखाउनेगरी काम गर्ने कार्की बताउनुहुन्छ ।

नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पछिल्लो समय गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि पालिकाले युवालाई उद्यमसँग जोड्नेगरी काम गर्न थालेको बताउनुभयो । कार्कीले सिँचाइका लागि पाइप माग गरेको हुँदा केही समयमै उपलब्ध गराउने उहाँको भनाइ छ । कार्कीलाई आवश्यक कृषि अनुदानका साथै आवश्यक प्राविधिक सहयोग पनि गर्दै जाने प्रवक्ता भण्डारीले बताउनुभयो । खुर्सानीखेती पहिलो पटक गर्न लागेको हुँदा बजारलगायत अन्य समस्या परे नगरपालिकाले सहजीकरण गर्ने उहाँ बताउनुहुन्छ ।

प्रवक्ता भण्डारीले भन्नुभयो, “नगरपालिकाले व्यावसायिक रुपमा कृषि गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदानसहित प्राविधिक सहयोग गर्दै आएका छौँ, गलकोटमा नयाँ व्यवसायी थपिनु हाम्रा लागि राम्रो पक्ष हो, यस्ता पौरख गर्ने किसानलाई नगरपालिकाबाट सक्दो सहयोग हुन्छ, उहाँहरुलाई प्रेरित हुनेगरी काम गर्नेमा हामी प्रतिबद्ध छौँ ।”

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...

‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ

‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ

वि.सं.२०८३ साउन २१ बिहीवार १८:५८

काठमाडौं । नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको...

नाट्टा निर्वाचन: काभ्रेली युवा व्यवसायी दिनेश मैनाली सदस्य पदका बलियो दाबेदार

नाट्टा निर्वाचन: काभ्रेली युवा व्यवसायी दिनेश मैनाली सदस्य पदका बलियो दाबेदार

वि.सं.२०८३ साउन २१ बिहीवार १४:५१

काठमाडौं । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)...

नेपाली उपभोक्ताको बदलिँदो सोच ‘सीजी डिजिटल’

नेपाली उपभोक्ताको बदलिँदो सोच ‘सीजी डिजिटल’

वि.सं.२०८३ साउन २१ बिहीवार १२:३६

काठमाडौं । केही वर्षअघिसम्म घरका लागि टेलिभिजन, रेफ्रिजरेटर वा वासिङ...

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

वि.सं.२०८३ साउन २१ बिहीवार १२:१८

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक...

कालिन्चोक दर्शनको खुद नाफा १०५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि ठूलो फड्को

कालिन्चोक दर्शनको खुद नाफा १०५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि ठूलो फड्को

वि.सं.२०८३ साउन २१ बिहीवार १२:००

दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल कालिन्चोकमा केवलकार...