back
himalayan life

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन

तनहुँ । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९/८० को तुलनामा रु छ करोडले बढी हो ।

गत आवमा ३० करोड २१ लाख ४९ हजार चार सय ३२ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए । सङ्कलित रकममध्ये १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ सङ्घीय सञ्चित कोषमा, चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छभने बाँकी रु १८ करोड १३ लाख आठ हजार नौ सय ७० मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ ।

जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व सङ्कलनमा वृद्वि भएको सो कार्यालयले जनाएको छ । कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्वि भएको हो ।

बैंक तथा वित्तीय सङ्घसंस्थाले ऋण लगानी गरी असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबारलगायत कार्यबाट उल्लेखनीय राजस्व सङ्कलन बढ्नुको अर्को कारण हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

वि.सं.२०८३ असार ४ बिहीवार १२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको...

सुनचाँदीको मूल्य सामान्य गिरावट

सुनचाँदीको मूल्य सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार ११:१७

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ।...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले पदभार ग्रहण गर्दै भने– अहिले इप्पान एक ढिक्का भएको छ

वि.सं.२०८३ असार ३ बुधवार १८:२४

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित...