back
Naima

आइएमई लाइफको “बेस्ट टर्म लाइफ जीवन बीमा योजना” सार्वजनिक, के-के छन् सुविधा ?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले “बेस्ट टर्म लाइफ जीवन बीमा योजना” नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ ।

अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

१८ वर्ष भन्दा माथिका व्यक्तिहरुले न्यूनतम बीमाङ्क रु ५० हजार राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, बिभिन्न पेशागत व्यक्तिहरु, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत उल्लेख गरिएको छ ।

विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, बिभिन्न २१ घातक रोगबिरुद्धको रक्षावरण सहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने ब्यवस्था कम्पनीले गरेको छ । साथै बीमाशुल्कको भुक्तानी बीमितको इच्छा अनुसार एकैपटक वा नियमितरुपमा तिर्न सकिनेछ ।

कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइन बाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्ता मार्फत सहज तरिकाले लिन सकिने ब्यहोरा कम्पनीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

खासगरी बीमा दाबी प्रक्रियामा सरलता ल्याई छिटो दाबी भुक्तानी गर्दै आएको र पारदर्शीतालाई आफ्नो मुलमन्त्र मानेर काम गर्ने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनमानसमा विद्यमान रहेको विश्वासलाई आफ्नो सफलताको कारण मान्ने गरेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२३

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...