दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
वि.सं.२०८१ असोज ६ आइतवार
काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे ।
यस्तैगरी बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने साइत रहेकाे छ । साथै समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।
प्रकाशित समय : १५:०२ बजे





















