back

‘ईभी अटो एक्सपो’ को स्टल बुकिङ खुला

काठमाडौं । राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा सहभागी हुनका लागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको छ ।

यही भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुनका लागि भारत तथा बंगलादेशका समेत प्रदर्शकहरुले स्टल बुकिङ गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने एक्स्पोमा कुल ११० स्टल रहने छन् । जसमा मुख्य प्रदर्शनी हलमा ५० र बाहिर तयार हुने ह्याङ्गरमा ६० स्टल स्टल बन्नेछ ।

इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार मुख्य हलका सबै स्टल बुक भईसकेका छन् भने ह्याङ्गरका केही स्टल मात्र बाँकी छन् । एक्स्पोमा सहभागी हुन चाहनेहरुलाई समयमा नै स्टल बुकिङ गर्न पनि प्रधानले आग्रह गरेका छन् ।

एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजक फर्निचर तथा फर्निसिङ संघको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार चाड पर्वको मौसम चल्दै गर्दा घर तथा कार्यालयको फर्निचर अपग्रेड गर्नेहरुका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ ।

“झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको बेला एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ,” जोशीले भने, “यति मात्र नभई एक्स्पोले आर्थिक कृयाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।”

५ दिनसम्म चल्ने एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री मुख्य आकर्षणका रुपमा रहने छन् । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी जानसा कार्पेट, हलेसी डेकोर र भिवोन चेयरले एक्स्पोलाई मुख्य प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ ।

एक्स्पो अवलोकनका लागि १०० रुपैंया शुल्क लाग्नेछ भने डिजी पेका प्रयोगकर्ताले १० गोल्ड क्यास रिडिम गरेर एक्स्पोको पास पाउन सक्छन् । एक्स्पो प्रवेशद्धारमा राखिएको व्यक्तिगत विबरण संकलन केन्द्रमा माग गरिएका आफ्नो वास्तविक विबरण भरेर निशुल्क एक्स्पो अवलोकन गर्न सकिन्छ । कार्यक्रममा सहभागी हुने प्रदर्शक तथा अतिथीहरुलाई एक्स्पोको प्रवेश पास डिजी पे मार्फत नै उपलब्ध गराइने इभेण्ट सोलुसनले जनाएको छ ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

महासंघको निर्वाचन: एसोसिएटतर्फ जुझारु व्यवसायीहरूको उम्मेदवारी, ‘निजी क्षेत्रलाई सशक्त बनाउने’ संकल्प

महासंघको निर्वाचन: एसोसिएटतर्फ जुझारु व्यवसायीहरूको उम्मेदवारी, ‘निजी क्षेत्रलाई सशक्त बनाउने’ संकल्प

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक...

एफएनसीसीआई निर्वाचन: ५ जनाद्वारा उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन

एफएनसीसीआई निर्वाचन: ५ जनाद्वारा उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:२८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका...

व्यवसायीका मुद्दा बोकेर महासंघको नेतृत्वमा होमिएका घिमिरे: ‘अनुभव र उर्जा’ को सन्तुलन

व्यवसायीका मुद्दा बोकेर महासंघको नेतृत्वमा होमिएका घिमिरे: ‘अनुभव र उर्जा’ को सन्तुलन

वि.सं.२०८३ वैशाख २१ सोमवार ११:४३

काठमाडौं । हेटौंडाको एउटा सानो घुम्ती पसलबाट १३ वर्षको कलिलो...

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

वि.सं.२०८३ वैशाख २० आइतवार ११:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:३१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका...