back

फड्को मार्यो उदयपुर सिमेन्टलेः बिक्री लक्ष्य पूरा गर्दै,अघि बढ्दै

काठमाडौं। कमजोर व्यवस्थापकीय क्षमताका कारण बन्दप्रायः रहेको नेपालकै प्रख्यात उदयपुर सिमेन्ट उद्योगले पछिल्लो समय तीव्र गतिमा फड्को मारेको छ।

गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालु आवको नौ महिनामा १८ लाख ९ हजार बोरा सिमेन्ट बिक्री गरेको छ।

उद्योगले आव २०७८\७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो। बिक्री लक्ष्य भेट्टयाउने उद्देश्यसहित उद्योगका सम्पूर्ण कर्मचारी अगाडि बढेका छन्।

उद्योगका प्रवक्ता लक्ष्मण पोखरेल चालु आवको बिक्री लक्ष्य पूरा भए बर्सेनि भइरहेको करिब रु ३० करोड घाटा पूर्ति गरी उद्योग सामान्य नाफामा जाने बताउछन्। यद्यपि उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य झण्डै दुई गुणा वृद्धि भएको तथा सिमेन्टको माग घटेको अवस्थामा यसले प्रभाव पार्न सक्ने उनको चिन्ता छ।

“२० लाख बोरासम्म बिक्री गर्दा कुनै ‘इन्सेन्टिभ’नपाउने तर सो माथि बिक्री भएमा प्रतिबोरा रु १० को दरले इन्सेन्टिभ पाउने भएपछि कर्मचारीमा उत्साह छाएको छ”, उनले भने, “उद्योगलाई नाफामा लैजान सक्दा बोनसलगायतको सुविधा पाइने, नगद प्रवाह राम्रो हुने भएकाले सबै कर्मचारी लक्ष्य पूरा गर्न लागिपरेका छन्।”

पछिल्ला समय उद्योगको वित्तीय स्थिति स्वस्थ्य बनेको छ। उद्योग व्यवस्थापनले आव २०७७\७८ को वित्तीय विवरण तयार गरी सम्पत्ति र दायित्वको यथार्थ मूल्याङ्कन गरिसकेको छ। उद्योगले गत आवसम्मको रु पाँच अर्ब ४९ करोड ८६ लाख ४७१ नोक्सानी पूर्ति गरी रु ५६ करोड करोड ३८ लाख ८६ हजार ८४१ बचत गर्न सफल भएको छ। उद्योग सञ्चालक समितिले आगामी जेठ ३० गते बस्ने वार्षिक साधारणसभाबाट आव २०७७\७८ को वित्तीय विवरण पारित गर्ने निर्णय गरिसकेको छ।

महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको अगुवाईमा स्पष्ट भिजन, पारदर्शी कारोबार र २४ सै घण्टा उद्योगको लागि समर्पित भावनाको फलस्वरूप उद्योगले हर क्षेत्रमा प्रगति हासिल गर्न सफल भएको उद्योगका कर्मचारीको भनाइ छ। क्रियाशील ट्रेड युनियनसमेतले उद्योग सञ्चालनमा व्यवस्थापनलाई हरतरहले सहयोग गरिरहेका छन्। गैँडाछाप सिमेन्टलाई क्षेत्रीय बजारमा प्रवेश गराउने महाप्रबन्धक न्यौपानेको लक्ष्य छ।

“अहिलेसम्म लक्ष्य पूरा गरिरहेका छौं, यदि उत्पादनले साथ दिए बाँकी अढाइ महिनामा ६ लाख बोराभन्दा पनि अझ बढी बिक्री हुने गरी बजार विस्तार भएको छ”, बिक्री विभाग प्रमुख राम जिसीले भने, “गैँडाछाप सिमेण्ट पाइँदैन, पाइए पनि महँगो छ भन्ने सोचलाई चिर्न महाप्रबन्धक न्यौपानेले स्वयम् अधिकृत बिक्रेताका पसल पसलमा पुगेर सिमेन्टको उत्पादन नियमित हुने प्रतिबद्वता जनाएका थिए, जसको कारण आज हामी लक्ष्य पूरा गर्ने दिशामा अग्रसर भइरहेको छौँ।”

बिक्री नीति लागू गरी बिक्रेतालाई इन्सेन्टिभको व्यवस्था गरिएको छ। गैँडाछाप सिमेन्टको गुणस्तरका बारेमा उपभोक्ता सचेतना पनि बढाइएको उद्योगको भनाइ छ। पूर्वाञ्चल र मधेसका जनतामा गैँडा छाप सिमेन्टप्रति विश्वास छ। थोरै मूल्य बढी भए पनि सचेत उपभोक्ताले गैँडा छाप सिमेन्ट नै खोजीखोजी प्रयोग गर्ने गरेको उनको दाबी छ।

“कच्चापदार्थको मूल्य आकाशिए पनि हामीले प्रति बोरा कारखाना मूल्य ७२३ रुपैयाँ २० पैसालाई कायमै राख्दा अरु उद्योगले समेत मूल्यवृद्धि गर्न सकेका छैनन्, यसबाट उद्योगले केही घाटा व्यहोर्नुपर्ने भए पनि आम उपभोक्ताको लागि फाइदा हुने र समग्र सिमेन्टको मूल्य नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका रहेको छ”, बिक्री प्रमुख जिसीले भने।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...