आइसेकको सहकार्यमा कोकाकोलाले वाइएसएफ २०२२ आयोजना गर्दै

वि.सं.२०७९ वैशाख १२ सोमवार

काठमाडौंं । कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ ।
कोकाकोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो । त्यसयता यसले एक्सन फर एसडिजि २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यस वर्ष वाइएसएफको मुख्य विषय युवा विकास र उनीहरूको चासोलाई सम्बोधन गर्नु रहेको छ । वाइएसएफ इंगेज विथ आइसेक अन्तर्गतको एउटा कार्यक्रम हो जसको मुख्य उद्देश्य युवा सशक्तीकरण रहेको छ । यस कार्यक्रमले विभिन्न क्षेत्रका युवा नेताहरूलाई विश्वव्यापी मुद्दाहरूको बारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्छ ।
सशक्तीकरण, सहभागिता र प्रतिबद्धता गरी तीन चरणमा सञ्चालन हुने यो कार्यक्रमले युवाहरूलाई बहस र छलफलका निष्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र त्यस मार्फत कसरी दिगो विकासका लक्ष्यहरू हासिल गर्नको निम्ति योगदान दिन सकिन्छ भन्ने कुरामा जोड दिन्छ ।

प्रकाशित समय : २२:०१ बजे