back

भक्तपुरका चारै पालिकामा उम्मेदवारी दर्ताः कुन पार्टीका को छन् उम्मेदवार?

भक्तपुर। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा (एमाले) सहित विभिन्न दलले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले आइतबार र सोमबार, दुई दिन मनोनयन दर्ता गर्ने मिति तोके पनि हिजो केही स्वतन्त्र उम्मेदवारले मनोनयन गरेका थिए।

सोमबार दिउँसो ३ बजेपछि मात्रै ठूला दल उम्मेदवारी दर्ता गर्न गएपछि मनोनयन दर्ताका लागि राति ८ बजेसम्म पनि आकांक्षीहरूको लाइन लामो छ।

२०७४ सालको निर्वाचनमा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा जीत हासिल गरेको एमालेले यस वर्ष उम्मेदवार दोहोर्‍याएको छ।

एमालेबाट सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई, मध्यपुरथिमि नगरप्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा उत्तरा नेपाल, चाँगुनारायण नगरपालिका प्रमुखमा विना बास्तोला र उपप्रमुखमा रमेश बुढाथोकी, भक्तपुर नगरपालिकाको प्रमुखमा रवीन्द्र लाछिमस्यु र उपप्रमुखमा रञ्जना खर्बुजाले मनोनयन दर्ता गराएका छन्।

सूर्यविनायकका थापा, मध्यपुरका श्रेष्ठले यस पटक पनि प्रमुखमा दोहोर्‍याएर उम्मेदवारी दिएका हुन् भने चाँगुनारायणमा उपप्रमुख बास्तोलाले प्रमुखमा उम्मेदवारी दिएकी छन्।

नेपाली कांग्रेससहितले केही वडामा सहमति गर्न ढिलाइ गरेपछि ५ बजेअगाडि मात्रै मनोनयनका लागि गएको छ। कांग्रेसको अधिकांश पालिकामा ८ बजेसम्म मनोनयन दर्ता गराउन लामबद्ध रहेको मध्यपुरथिमि निर्वाचन अधिकृतको कार्यालयमा खटिएका केशव सिलवालले जानकारी दिए।

भक्तपुरमा सत्ता गठबन्धनको तालमेल र सहमति तोडिएको छ। आज दिउँसो ४ बजेसम्म पनि कांग्रेससँग सहमति नभएपछि नेकपा (माओवादी केन्द्र) ले पालिकाहरूमा गठबन्धनबाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए।

गठबन्धन तोडिएपछि नेपाली कांग्रेसबाट चाँगुनारायणको प्रमुखमा जीवन खत्री, उपप्रमुखमा सुभद्रा काफ्ले, भक्तपुर नगरपालिका प्रमुखमा कांग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) बाट ओमचरण श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा कांग्रेसबाट निशान ढुंगेल, उपप्रमुखमा एकीकृत समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगरपालिका प्रमुखमा कांग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट विजय श्रेष्ठले उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा र समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिए।

त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट भक्तपुर नगरपालिका प्रमुखमा तुलसीभक्त सुवाल, उपप्रमुखमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकाको प्रमुखमा कल्पदीप राई र उपप्रमुखमा पवित्रा चौलागाईं र चाँगुनारायण नगरपालिकाको प्रमुखमा नरेश खड्का र उपप्रमुखमा चण्डिका पाण्डेले उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए।

नेपाल मजदुर किसान पार्टीले पनि यसपालि भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार दोहोर्‍याउने भएको छ। नेमकिपाबाट भक्तपुरको प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीले उम्मेदवारी दर्ता गराएका नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिए।

त्यस्तै सूर्यविनायक प्रमुखमा श्याम बिशंखे र उपप्रमुखमा चनमति खुलीमुली, चाँगुनारायणको प्रमुखमा केशव तिमिल्सिना, उपप्रमुखमा कल्पना लामा र मध्यपुरथिमिको प्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दीक्षा बाडेले मनोनयन दर्ता गरेका गोसाईंले बताए।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँगुनारायण नगरपालिकाको प्रमुखमा रवीन्द्रप्रताप शाह, उपप्रमुखमा मञ्जु कार्की, भक्तपुर नगरको प्रमुखमा बद्री लाखाजु, उपप्रमुखमा लक्ष्मी छुस्याबाग, मध्यपुरथिमिको प्रमुखमा भुवन बागश्रेष्ठ, उपप्रमुखमा शान्ति श्रेष्ठ, सूर्यविनायकको प्रमुखमा राधिका रानाभाट र उपप्रमुखमा प्रविण ढुंगेलले मनोनयन दर्ता गराएका राप्रपाका शाहले जानकारी दिए।

जिल्लाका चार पालिकाको ३८ वटा वडामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा र राप्रपाले सबै पदाधिकारीमा उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ताकै क्रममा सूर्यविनायक नगरपालिकामा नेतृत्वले आफूलाई धोका दिएको भन्दै नेपाली कांग्रेस पूर्वक्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधि नारायण खायमलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी आजै राजीनामा दिएका छन्। उनले पार्टीलाई राजीनामा दिएर सूर्यविनायक नगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले आफूलाई पटकपटक धोका दिएर खेलाएको भन्दै आफूले कांग्रेसविरूद्ध बागी उम्मेदवारी नदिई स्वतन्त्र भएर उम्मेदवारी दिएको बताए।

एमाले सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा पनि एमालेकी सरस्वती घिमिरेले बागी उम्मेदवारी दिएकी छन्। एमालेबाटै सूर्यविनायक वडा नं २ को वडाध्यक्षमा स्वतन्त्र भन्दै निरोज कार्की र वडा नं १० को वडाध्यक्षमा कृष्णबहादुर कार्कीले स्वतन्त्र उम्मेदवार भन्दै बागी उम्मेदवारी दर्ता गराएका छन्।

जिल्लाका चार वटै नगरपालिकामा विभिन्न पदमा मनोनयन दर्ता गर्ने काम राति १० बजेसम्म पनि जारी रहने र अन्तिम नामावली तयार पार्न मध्यराति हुने सम्भावना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...

आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:००

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक...

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

वि.सं.२०८३ साउन १० आइतवार १८:५०

काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...