back

नेपाल बैंकको ८.५०% व्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । वैशाख २२ गतेदेखि विक्री खुला भएको नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदरकोे ऋणपत्र विक्री खुला गरेको हो ।

उक्त कम्पनीले ऋणपत्रको नाम ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ दिएको छ ।

कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ।

सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

आज  बैंकिङ समयसम्म विक्रीमा रहने उक्त ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिंगल ए ग्रेडिङ प्रदान गरेको छ ।

यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्था हो भन्ने जनाउँछ ।

२०७८ वैशाख ३१ गते प्रकाशित ।


एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर लिलाम बिक्री गर्दै

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर लिलाम बिक्री गर्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:५४

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २० गतेदेखि अवितरित...

६ महिनामा निर्जीवन बीमा कम्पनीले गरे २० अर्ब ८८ करोडको व्यापार, कुनले कति गरे ?

६ महिनामा निर्जीवन बीमा कम्पनीले गरे २० अर्ब ८८ करोडको व्यापार, कुनले कति गरे ?

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:१४

काठमाडौं । चालु आवको पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीको...

मेटलाइफद्वारा बालबालिकाको स्वास्थ्य सुधार गर्न इयर केयर नेपालसंग साझेदारी

मेटलाइफद्वारा बालबालिकाको स्वास्थ्य सुधार गर्न इयर केयर नेपालसंग साझेदारी

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:०५

काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपाल सँगको सहकार्यमा काठमाडौं,...

महालक्ष्मी विकास बैंकद्वारा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

महालक्ष्मी विकास बैंकद्वारा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

वि.सं.२०८१ माघ ११ शुक्रवार १२:०९

काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना...

ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म आवेदन पाईन्छ ?

ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म आवेदन पाईन्छ ?

वि.सं.२०८१ माघ १० बिहीवार ११:०६

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि प्राथमिक...

राष्ट्र बैंकले गर्यो बैंकदेखि फाइनान्सहरुलाई कारवाही, को को परे ?

राष्ट्र बैंकले गर्यो बैंकदेखि फाइनान्सहरुलाई कारवाही, को को परे ?

वि.सं.२०८१ माघ १० बिहीवार १०:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा...