back

एभरेष्ट इन्स्योरेन्सको नाफा १८.६१ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १८.६१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैतसम्ममा १२ करोड ४९ लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको समिक्षा अवधिमा १४ करोड ८१ लाख ९६ हजार रुपैयाँ आर्जन हो ।

नाफा अनुसार कम्पनीका प्रायः सूचकहरुनै सकरात्क देखिएका छन् । यस अवधिमा गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष २९ करोड ३९ लाख ४२ लाख रुपैयाँ रहेकोमा यो वर्ष ३६.३८ प्रतिशतले बढेर ४० करोड ८ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा कम्पनीको कूल बीमा शुल्क आर्जन ३.३६ प्रतिशतले बढेर ७६ करोड ६१ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको कूल बीमा शुल्क आर्जन ७४ करोड १३ लाख ५७ हजार रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको खुद बीमा शुल्क १५.०८ प्रतिशतले बढेर ३८ करोड ९१ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ३३ कराुड ८१ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा खुद दाबी भुक्तानी २२.०८ प्रतिशतले बढेर १५ करोड ८ लाख २९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १२ करोड ३५ लाख ५४ हजार रुपैयाँ गरेको थियो ।

यस अवधिमा कम्पनीको जारी पोलिशी संख्या २०.५१ प्रतिशतले बढेर ८ करोड ३२ लाख ८९ हजार रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले जारी पोलिशी संख्या ६ करोड ९१ लाख १६ हजार गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८३ पैसाले बढेर १८ रुपैयाँ ३ पैसा पुगेको छ ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोष ६७.७९ प्रतिशतले बढेर ३४ करोड ८७ लाख १८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा २० करोड ७८ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

२०७८ वैशाख ३१ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

वि.सं.२०८२ जेठ १ बिहीवार ११:१२

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका...

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

वि.सं.२०८२ जेठ १ बिहीवार ११:०८

काठमाडौं । आज जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...