back
himalayan life

एनटिसीले १४ बर्षमा ६२२ प्रतिशत लाभांश वितरण गर्दा पहिलो पटक बोनस, बुक क्लोज कहिले ?

कम्पनीले पहिलो पटक बोनस शेयर घोषणा

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २० प्रतिशत नगद लाभांश गरी कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आज कम्पनीले पहिलो पटक बोनस शेयर घोषणा गरेको हो ।

यसअघि नगद लाभांश वितरण गर्दै आएको एनटिसीले गत आर्थिक बर्षको नाफाबाट भने २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले आफ्नो चुक्ता पूँजी बृद्धि गर्नको लागि बोनस शेयर वितरण गर्न लागेको बताएको छ । कम्पनीका अनुसार २० प्रतिशत बोनस शेयर वितरणपश्चात जारी तथा चुक्ता पूँजी १८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने रेको छ ।

बुक क्लोज कहिले ?

कम्पनीले आर्थिक बर्ष २०७६–७७ मा ४० प्रतिशत नगद, आर्थिक बर्ष २०७५–७६ मा ४५ प्रतिशत नगद, आर्थिक बर्ष २०७४–७५ मा ५५ प्रतिशत नगद, आर्थिक बर्ष २०७३–७४ मा ५५ प्रतिशत नगद, आर्थिक बर्ष २०७२–७३ मा ५१ प्रतिशत नगद, आर्थिक बर्ष २०७१–७२ मा ५० प्रतिशत नगद, आर्थिक बर्ष २०७०–७१ मा ४७ प्रतिशत नगद, आर्थिक बर्ष २०६९–७० मा ४६ प्रतिशत नगद, आर्थिक बर्ष २०६८–६९ मा ४८ प्रतिशत नगद र आर्थिक बर्ष २०६७–६८ मा ४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०६६–६७ मा ४० प्रतिशत नगद, आर्थिक बर्ष २०६५–६६ मा ३५ प्रतिशत नगद र आर्थिक बर्ष २०६४–६५ मा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले हालसम्म ६०२ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने २० प्रतिशत मात्रै बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । हालसम्म बोनस र नगद गरी कूल ६२२ प्रतिशत लाभांश वितरण गरेको हो ।

कम्पनीले यसअघि नगद लाभांश मात्रै वितरण गर्ने गरेको थियो । तर गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट भने पहिलोपटक २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...