back

प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक शेयरधनीको हिस्सा घटाउँदै

काठमाडौँ ।  प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक शेयरधनीको हिस्सा घटाउने भएको छ । कम्पनीले संस्थापक सेयरको ९ प्रतिशत हिस्सा घटाउने जनाएको हो । कम्पनीको वैशाख ९ गते बसेको संचालक समितिको बैठकले हाल ६० प्रतिशत रहेको संस्थापको हिस्सा घटाएर ५१ प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

कम्पनीले यसअघि नै हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सो कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश पश्चात कायम हुने पूँजीमा संस्थापकको हिस्सा ५१ तथा साधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत कायम गर्न लागिएको कम्पनीले जनाएको छ ।

चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीले ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५६० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न जेठ २ गते आइतबार साधारण सभा समेत राख्ने भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि वैशाख १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय पनि कम्पनीले गरेको छ । बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार रुपैयाँ पुग्नेछ ।


ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ चैत १४ बिहीवार १०:५४

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम...

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त : ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त : ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

वि.सं.२०८१ चैत १३ बुधवार ११:४५

काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)...

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

वि.सं.२०८१ चैत १३ बुधवार ११:३३

काठमाडौं। एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर...

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

वि.सं.२०८१ चैत ११ सोमवार २२:३५

काठमाडौ। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ को...

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा ।

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा ।

वि.सं.२०८१ चैत १० आइतवार १३:०२

काठमाडौं। महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको...

बीमा क्षेत्रको हितका लागि सबै स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्छ : अध्यक्ष ओझा

बीमा क्षेत्रको हितका लागि सबै स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्छ : अध्यक्ष ओझा

वि.सं.२०८१ चैत १० आइतवार १२:४८

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा...