back

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँभन्दा बढी थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३४ दशमलव ६६ प्रतिशतले वृद्धि भएको हो ।

बैंकको खुद नाफामा समेत उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतको वृद्धि हो ।

बैंकको खराब कर्जा व्यवस्थापनमा समेत सुधार आएको छ । गत वर्ष इम्पेरमेन्ट चार्ज घटेको छ । अघिल्लो वर्ष १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज गत वर्ष घटेर १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी कायम भएको छ ।

त्यस्तै, बैंकको सञ्चालन नाफा पनि वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सञ्चालन नाफा ४४ दशमलव ४४ प्रतिशतले बढेको बैंकले जनाएको छ । हाल सानिमा बैंकको चुक्तापुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ ।

चौथो त्रैमाससम्म बैंकले २ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकले १ खर्ब ९५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) समेत घटेको छ । अघिल्लो वर्ष ३ दशमलव ०१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष घटेर २ दशमलव ८७ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ७५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२०

काठमाडौं । घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

वि.सं.२०८३ साउन ११ सोमवार १३:०५

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

वि.सं.२०८३ साउन ६ बुधवार ११:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...