back
national life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक आजबाट ४१ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ। ४ दशक लामो यात्रामा बैंकले ग्राहकवर्गहरु, शेयरधनीहरु, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गहरुको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको छ। यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

यस ४०औँ वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले डिजिटल रुपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवहरुलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गहरूको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ्ग सेवाहरु प्रस्तुत गरिरहने पनि जानकारी दिए।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ८ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरु प्रकाशन गर्दै आएको छ। यस ४०औँ वार्षिकोत्सवमा पनि बैकले आफ्नो आठौं संस्करण ‘३ आर सुन्दर संसार’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ। बैंकले यो चित्रकथा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोतको संरक्षण र ग्लोबल वार्मिङ जस्ता विषयहरुलाई समेटि सरल, रमाइलो र ज्ञानबर्दक शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको छ।

वातावरणमा भइरहेको तीव्र परिवर्तनले हाम्रो स्वास्थ्य, भविष्य र सुन्दर पृथ्वीलाई गम्भीर चुनौती दिइरहेको छ। यही कारण, बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै बालबालिकालाई सचेत बनाउन यो पुस्तक प्रकाशित गरेको हो।

यसैबीच, वार्षिकोत्सव दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको सहभागिता थियो। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ।

 

Corporatebazar 11 Anniversary
national life

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले नयाँ भवन उद्घाटन, करिब १ अर्ब लगानी

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले नयाँ भवन उद्घाटन, करिब १ अर्ब लगानी

वि.सं.२०८२ फागुन १४ बिहीवार १७:४५

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेकराज ढकालले कम्पनीको नवनिर्मित...

हिमालयन लाइफको १९ औँ साधारणसभा सम्पन्न

हिमालयन लाइफको १९ औँ साधारणसभा सम्पन्न

वि.सं.२०८२ फागुन ६ बुधवार १८:५८

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा...

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

वि.सं.२०८२ फागुन ५ मंगलवार ११:४२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तै...

वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रम जारी, कुन बैंकको ब्याजदर कति?

वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रम जारी, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८२ माघ २९ बिहीवार १२:५८

काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक...

हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८२ माघ २८ बुधवार १८:५४

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण...

हिमालयन बैंकले १२ लाख बढी संस्थापक शेयर बिक्री गर्दै

हिमालयन बैंकले १२ लाख बढी संस्थापक शेयर बिक्री गर्दै

वि.सं.२०८२ माघ २७ मंगलवार १२:५१

काठमाडौं । हिमालयन बैंकले १२ लाख बढी संस्थापक शेयर बिक्रीमा...