back

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले नयाँ भवन उद्घाटन, करिब १ अर्ब लगानी

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेकराज ढकालले कम्पनीको नवनिर्मित भवन उद्घाटन गरिएको जानकारी दिएका छन् ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १२ तले उक्त भवन करिब ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको र निर्माणमा झण्डै १ अर्ब रुपैयाँ लगानी भएको बताए ।

उनले कम्पनीको आफ्नै भवन निर्माण हुनुले संस्थागत पहिचान मजबुत बनेको अनुभूति भएको बताए। ‘कम्पनीको आफ्नै भवन बनाउन पाउँदा हामी आभारी छौं । यसले कम्पनी स्थापित भएको अनुभूति दिलाएको छ, आइजीआईको बिल्डिङ चाँही १२ तलाको हो । झण्डै ६० हजार वर्गफिट टोटल एरिया छ । यसको लगानी झण्डै सबै गरेर १ अर्ब जति खर्च भएको छ । कम्पनी र व्यक्तिको हिसावले हेर्दाखेरी कम्पनीको आफ्नै भवन बनाउन पाउँदा आभारी समेत छौं ,’ उनले भने ।

अध्यक्ष ढकालले पछिल्लो समय नेपालको बीमा बजार तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै बीमा क्षेत्र अहिले परिपक्व अवस्थामा पुगेको बताए । उनले स्वदेशमै सीमित नरही बीमा कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी उक्त भवन उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक गतिविधि विस्तार भएमा रोजगारी सिर्जना हुने धारणा व्यक्त गरे । उनले व्यवसायले सेवा विस्तार, पूर्वाधार विकास तथा समग्र अर्थतन्त्र सुदृढ बनाउन योगदान पु¥याउने उल्लेख गरे । उनले भने, ‘व्यवसायीक एक्टिभिटीहरु बढ्यो भने चाँही रोजगारी सिर्जना हुन्छ । त्यसले दिने सर्भिस, विकासका पूर्वाधारहरु र आभोरल अर्थतन्त्र बढाउन मद्दत पुर्याउँछ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि यसरी नै अगाडि बढ्नुपर्छ ।’ उनले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि आगामी दिनमा व्यवसाय विस्तार गर्दै आर्थिक विकासमा थप योगदान दिनुपर्ने बताएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

वि.सं.२०८३ साउन ६ बुधवार ११:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

वि.सं.२०८३ साउन ४ सोमवार १५:३६

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने उद्देश्यले...

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१५

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवमय...