back

कामना सेवा विकास बैंकको नाफा सामान्य बढ्यो

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०.८२ प्रतिशत र सञ्चालन मुनाफा २०.९१ प्रतिशत बढेको छ।

नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१.२५ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ४.३५ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज पनि १९ करोड ६४ लाख रुपैयाँबाट घटेर १८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६ पैसा बढेर २० रुपैयाँ ४३ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८ पैसा घटेर १५ रुपैयाँ ३२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७ पैसा रहेको छ। ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड २५ लाख रुपैयाँ सञ्चित छ। बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

nactional life
Corporatebazar 11 Anniversary

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...