back

दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान, ५७८ पिन्ट रगत संकलन

nactional life

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड ८० औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्रुपले देशभर वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार (माघ ४ गते) ‘तपाईँको एक थोपा, कसैको जीवन’ भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा ग्रुपका अटो र हाइड्रो डिभिजनका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका २० विभिन्न स्थानमा सञ्चालित रक्तदान कार्यक्रमबाट ५७८ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ। यसैबिच, संकलित रगतबाट वीरगन्ज, बुटवल र धनगढीमा तत्कालै तीन जना बिरामीको ज्यान जोगाउन सफल भएको ग्रुपले जनाएको छ। अध्यक्ष दुगड एक सफल उद्यमी मात्र नभई प्रकृति प्रेमी र समाजसेवी व्यक्तित्वका रूपमा समेत परिचित छन्।

पर्यावरण संरक्षणमा चासो राख्ने दुगडको ७५ औँ जन्मवर्षदेखि सुरु भएको वृक्षरोपण अभियान अन्तर्गत हालसम्म १ लाखभन्दा बढी बिरुवा रोपिएका छन्, जसमध्ये ६५ हजार हुर्किसकेका छन्। ग्रुपले आगामी ५ वर्षभित्र ५ लाख बिरुवा हुर्काउने लक्ष्य लिएको छ। १५० वर्षको इतिहास बोकेको यस ग्रुपले अटो, कृषि र जलविद्युत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। हाल यस ग्रुपले सोलुखुम्बु र रामेछापबाट १६१ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने दोलखामा २०० मेगावाटका आयोजना निर्माण गरिरहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...