back

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

बैंकले टिपेक्स प्रयोग गरी मोहीको नाम मेटाउन खोजेको देखिन्छ ।

nactional life

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको संलग्नता फेला परेको छ ।

दुहबी नगरपालिका वार्ड नम्बर ३ स्थित कि.नं.८, ३२८, ३२९ को क्रमशः ०–११–१५, ०–१–१६ र ०–१–१.५ क्षेत्रफलका जग्गामा किर्ते कार्य भएको खुलासा भएको हो ।

लक्ष्मण भनिने लक्षम माझीले लागत फारम भर्दा दीपबहादुर काजीलाई जग्गाधनी देखाइ २ नं. अनुसूची प्रकाशित गराएका थिए । तर, सर्वे नापीपछि कि.नं. २२ र २५ को जग्गा रुक्मिणी थापा र रणकुमारी थापाका नाममा दर्ता भयो । उल्लेखनीय छ कि यी दुवै महिला दीपबहादुर काजीकै एकाघरका श्रीमती र आमा थिए ।

दीपबहादुर काजीको यो जग्गा विभिन्न व्यक्तिहरूले अधियाँमा जोतभोग गर्दै आएका थिए । लक्षम माझी र उनकी पत्नी निरक्षर थिए, जसले भर्पाई लिन सकेनन् । २०२५ सालमा उनीहरूको मृत्यु भएपछि उनका छोरा ढालिया थारुको पनि २०४८ साल माघ १६ गते निधन भयो । त्यसपछि नाति जियाराम चौधरीले उक्त सम्पत्तिमा आफ्नो हक दाबी गर्दै नामसारीका लागि निवेदन दिएका थिए ।

२०७५ साल चैत्र २२ गते भूमि सुधार कार्यालय सुनसरीले नापजाँच गर्दा कि.नं. २२ र २५ मा मोही महल खाली रहेको निष्कर्ष निकाले । जसका आधारमा उक्त जग्गा रणकुमारी र रुक्मिणी थापाको नम्बरी जग्गा भनी तोकियो । जियाराम चौधरीले यसको विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरे । अदालतले पनि जग्गाधनी पक्षकै पक्षमा फैसला ग-यो ।

तर, स्थलगत अध्ययन र २०२२ सालको मालपोतको ढड्डा तथा कागजातहरूका आधारमा लक्षम चौधरीको मोहियानी हक रहेको प्रमाण भेटिएको छ । तर, तत्कालीन भूमिसुधार तथा मालपोत कार्यालय मोरङका प्रमुख सूर्यबहादुर थापा, प्रकाश मुन्द्रा र एनआईसीका अध्यक्ष तुलसीराम अग्रवालको मिलेमतोमा फिल्डबुकमा किर्ते गरिएको खुलासा भएको छ । उनीहरूले टिपेक्स प्रयोग गरी मोहीको नाम मेटाउने कार्य गरेको देखिन्छ ।

यसपछि उच्च अदालतमा किर्ते कागजात पेश गरी फैसलामा समेत प्रभाव पारिएको आरोप छ । हाल उक्त जग्गा अन्य व्यक्तिलाई बिक्री गरी प्रयोग भइरहेको छ ।

जियाराम चौधरीले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् । उनले उक्त जग्गा विवादमा संलग्न व्यक्तिहरूको छानबिन र कारबाहीको माग गरेका छन् । उनले प्रस्तुत गरेका प्रमाणहरूले २०२२ साल भदौ २९ गते लक्षम चौधरीलाई मोहियानी हक दिइएको देखाउँछ । जसले किर्ते कार्यको पुष्टि गर्छ । यसबारेमा एनआईसी, एसियाका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा पन्छिए ।

यस घटनाले भूमिसम्बन्धी ठगी तथा शक्तिको दुरुपयोगको गम्भीर समस्या खुलासा गरेको छ । अब सम्बन्धित निकायहरूले यसबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउला त भन्ने प्रश्न उठेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...