back

पैसा लिएको प्रमाण छ भने मलाई रत्नपार्कमा लगेर झुन्ड्याए हुन्छ : अध्यक्ष पौडेल

काठमाडौं । चुरे तराई मधेश संरक्षण समितिको अध्यक्ष किरण पौडेलले पैसा खाएर काम नगरेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले जीविकोपार्जन गर्नको लागि चुरेमा जोडिनु पर्ने, अध्यक्ष खाई राख्नु पर्ने अवस्था नभएको भन्दै पैसा लिएको प्रमाण भए आफूलाई रत्नपार्कमा लगेर झुन्ड्याउन चुनौती दिए ।

उनले भने, ‘एउटा मलाई दुख लाग्ने कुरा के छ भने आफ्नो जागिर खानको लागि मात्र हिनेका हुन् भनेर भनिएको पनि सुनिन्छ । त्यो भन्न भएन्, म यहाँ आउनलाई २ करोडको जागिर छोडेर आएको छु, यहाँ मेरो तलब ७० हजार छ त्यो कफिमै सकिन्छ त्यो बाहेक मैले पैसा लिएको प्रमाण छ भने मलाई रत्नपार्कमा लगेर झुन्ड्याए हुन्छ । मलाई जीविकोपार्जनको लागि चुरेमा जोडिनु पर्ने यो अध्यक्ष खाई राख्नु पर्ने अवस्था छैन् । त्यो नभनेको भए हुन्थ्यो ।’

यसको साथै, उनले सामुदायिक वनका क्रियाकलापहरुलाई रोक्ने काम हुन्छ भन्ने सोचका साथ विरोध सुरु भएपनि यो प्रक्रियामा सामुदायिक वनहरुलाई जसरी चलि रहेको छ चल्न दिने भनेर निर्णय भइसकेको बताए ।

उनले भने, ‘हामी समय अनुसार परिवर्तन हुनुपर्छ तर परिवर्तन हुदाँ बद्मासि देख्नु हुदैँन् । संरक्षणको हिसाबले हेर्दा यहाँभित्र सामुदायिक वनका क्रियाकलापहरुलाई रोक्ने काम हुन्छ भन्ने सोचका साथ विरोध सुरु गर्नु भएको हो । तर यो प्रक्रियामा सामुदायिक वनलाई त्यस्तो गरिएको छैन् । सबै सामुदायिक वनहरुलाई जसरी चलि रहेको छ चल्न दिने भनेर निर्णय भइसकेपछि यसले बाधा पु¥याउदैँन् भन्न चाहान्छु ।’

सबै मिलेर काम गरे मात्र चुरे संरक्षण हुने भन्दै एकले अर्कालाई दोष लगाउने हो भने चुरे संरक्षण सम्भव नहुने उनको भनाई छ ।

जलवायु परिवर्तनको मारमा पर्दै आएको नेपालको चुरे संरक्षण मध्य पहाडी क्षेत्रको संरक्षणका अलावा तराइ मधेशलाई मरूभूमिकरण हुनबाट बचाउनु पर्ने तथ्यलाई महसुस गर्दै सरकारले राष्ट्रपति तराइ मधेश संरक्षण विकास समितिको स्थापना गरेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

वि.सं.२०८३ साउन ११ सोमवार २२:४४

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

वि.सं.२०८३ साउन ११ सोमवार १४:४०

रामेछाप । रामेछापको सेलेघाटदेखि ओखलढुङ्गाको सिमाना साँघुटारसम्म निर्माणाधीन सडक आयोजना...

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...