back

एनआईसी एशिया बैंकको कमजोरीका कारण सामाजिक सुरक्षा भत्ता रोकियो

अब चाँडै सामाजिक सुरक्षाभत्ता वितरण नगरेमा बैंकमै तालाबन्दी गर्ने

रौतहट- रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् । बिगत चार महिनादेखि उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।

एनआईसी एशिया बैंकको कमी कमजोरीका कारण यहाका लाभग्राहीले भत्ता पाउनबाट बञ्चित भएको गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी बताए ।

उनका अनुसार करीब ८ हजार लाभग्राहीहरु सामाजिक सुरक्षा भत्ता पाउन बाट बञ्चित छन् । गत पुुस महिनामा नै गुजरा नगरपालिकाले बैंकको खातामा सामाजिक सुरक्षा वापतको रकम पठाए पनि हालसम्म पाउन नसकेको वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारुले बताए ।

सो नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,वडा नम्बर ५ का वडा अध्यक्ष शेख जमालुदिन, वडा नम्बर ७ का वडा अध्यक्ष शेख अबदुल्का र वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी संयुक्त रुपमा बैंकमा पुगि छिटो भन्दा छिटो सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गरेका छन् ।

अब चाँडै सामाजिक सुरक्षाभत्ता वितरण नगरेमा बैंकमै तालाबन्दी गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

सिमराभवानीपुरमा रहेको एनआईसी एशिया बैंकका शाखा प्रबन्धक एमडि सदाम प्रवेजले अब चाँडै नै सामाजिक सुरक्षाभत्ता वितरण गरिने बताए । केवाइसी अपडेट नभएकाले समस्या भएको उनको भनाइ छ । रमजान चलिरहेको र होली नजिक आएकोले भत्ता समयमा नै दिन पालिकावासिले माग गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:१८

काठमाडौं । नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि...

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

वि.सं.२०८३ साउन २१ बिहीवार २१:१३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सम्पूर्ण...

नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

नेपाल बैंक र चितवन इन्जिनियरिङबीच ४.५ मेगावाटको लाङटाङ लघु जलविद्युत आयोजनाका लागि सम्झौता

वि.सं.२०८३ साउन २१ बिहीवार २१:०७

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इन्जिनियरिङ लिमिटेड बीच...

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

ज्योति विकास बैंकको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

वि.सं.२०८३ साउन २१ बिहीवार १५:०४

काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो...