१४.१२ प्रतिशतले बढ्यो आइएमई लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?
वि.सं.२०८१ माघ १७ बिहीवार
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १४.१२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १७.२२ प्रतिशत बढेको छ भने कुल आम्दानी १८.५४ प्रतिशत बढेको छ ।इन्स्योरेन्सको खुद दाबी भुक्तानी २०.३३ प्रतिशतले बढेर दुई अर्ब २५ करोड रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको कुल खर्च १८.९७ प्रतिशतले बढेर दुई अर्ब ८७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७१ पैसा कायम छ । यस अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५५ गुणा छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको छ ।
प्रकाशित समय : ११:०० बजे




















