back

नविल बैंकको सहकार्यमा टोखामा कर्जा सदुपयोगिता सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं। टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे एकदिने अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

बैंकको सहकार्यमा टोखा विकास अनुसन्धान समाज, टोखा १० द्वारा आयोजित कार्यक्रममा कर्जा सम्बन्धी विभिन्न विषयमा छलफल तथा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

टोखा विकास अनुसन्धान समाजका अध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक रामजी रेग्मीले छलफलबाट उठेका राय सुझाव सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई प्रतिवेदनमार्फत पठाइने जानकारी दिए।

कार्यक्रममा कर्जा किन लिने, कति लिने, कहाँबाट लिने र लिएको कर्जा सही प्रयोजनमा प्रयोग नगर्दा हुने समस्याबारे छलफल भएको थियो। प्रमुख अतिथि नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल थिए भने प्रशिक्षक ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगिताबारे प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रममा उपस्थित निक्षेपकर्ता र ऋणीहरुलाई कर्जा सदुपयोग सम्बन्धी नीतिगत व्यवस्था र निर्देशनहरुबारे जानकारी गराइएको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

 बैंकिङ क्षेत्रमा तरलताको बाढी, तर बदलिँदो निक्षेपको संरचनाले के संकेत गर्छ?

 बैंकिङ क्षेत्रमा तरलताको बाढी, तर बदलिँदो निक्षेपको संरचनाले के संकेत गर्छ?

वि.सं.२०८३ साउन ३ आइतवार १४:०१

काठमाडौं। नेपाली बैंकिङ क्षेत्रमा ऐतिहासिक रूपमा निक्षेप (नगद प्रवाह) संकलनमा...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...