back

नाफिजका २३५ जना सदस्यहरुको भयो साढे १६ करोडको दुर्घटना बीमा

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुको साढे १६ करोड रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बीमा’ भएको छ ।

नाफिजले आफ्ना २३५ जना सदस्यहरु तथा सल्लाहाकारहरुको जनही ७ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गराएको हो ।

बुधबार दुई वटा निर्जीवन बीमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा २३५ जनाको सामूहिक दुर्घटना बीमा गराएको हो ।

कुल बिमांक रकम १६ करोड ४५ लाख रुपैयाँ रहेको छ । सम्झौतामा सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरेन्द्र बहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति ७ लाखका दरले दुर्घटना बीमा भएको छ । नाफिजका अध्यक्ष मेनुका कार्कीले हरेक दिन ‘फिल्ड’मा खटिनुपर्ने पत्रकारहरु विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यहरुको बीमा गराइएको बताइन् ।

अध्यक्ष कार्कीले भनिन्, ‘फिल्डमा हरेक खालका जोखिम हुन्छन्, पत्रकारहरु त्यस्तो जोखिम मोलेर फिल्डमा खटिएका हुन्छन्’ नाफिजले आफ्ना सदस्यहरु कदम कदाचित कुनै खालको दुर्घटनामा परिहालेको खण्डमा त्यसको बहन गर्न दुई वटा निर्जीवन बीमा कम्पनीसँगको सहकार्यमा प्रति सदस्य ७ लाखका दरले सबै सदस्यहरुको बीमा गराएको हो । यो नाफिजको लागि ऐतिहासिक र गौरवको काम भएको छ ।’

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वैदावरले नाफिजले आफ्ना सदस्य पत्रकारहरुको बीमा गराएर पत्रकारहरुलाई फिल्डमा खटिन थप प्रोत्साहन गरेको बताउँदै नाफिजसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

यस्तै, कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले दुर्घटना बीमाले पत्रकारहरुको सुरक्षामा सहयोग पुग्ने र विश्वसनीय सूचना प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...