back

१२ दिनको अवधिका लागि नेपाल राष्ट्र बैंकले ४० अर्बको निक्षेप संकलन बोलकबोल गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ ।

बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचना अनुसार यो निक्षेप संकलन १२ दिनको अवधिका लागि हुनेछ ।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोलका लागि न्यूनतम १० करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल ४० अर्ब रुपैयाँको रकमसम्म बोलकबोल गर्न सकिनेछ ।

बोलकबोल प्रक्रिया मध्यान्ह २ः०० बजेसम्म इलेक्ट्रोनिक प्रणालीमार्फत मात्र हुने बताइएको छ । निक्षेप संकलनका लागि बोलकबोल गर्दा ब्याजदर दशमलव पछाडिका चार अंकसम्म उल्लेख गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

यस प्रक्रियामा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइ बोल रकम बाँडफाँड गरिनेछ । समान ब्याजदर भएका अवस्थामा, आवश्यक परे लट प्रणालीमार्फत बाँडफाँड गरिने प्रावधान राखिएको छ ।

स्वीकृत बोलवालाको खाताबाट रकम झिकेर अलग्गै खाता खोलिने र निक्षेप रकम बैंकका निर्देशिकाबमोजिम मात्र प्रयोग गर्न पाइने छ । भुक्तानी मिति पुस २१ गते तय गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...