पुस २९ गते सांग्रिला डेभलपमेन्ट बैंकले साधारण सभा बोलायो
वि.सं.२०८१ पुस ८ सोमवार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा बोलाएको छ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।
पुस २९ गते बैंकले आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान साढे १० बजे २० औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ३.६५१६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१९२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १७ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
प्रकाशित समय : ११:५७ बजे





















