back
skip this gaugauma singhadarbar

नेशनल लाईफले गर्‍यो सुदुरपश्चिमका १६० बढी अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा सुदुर पश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तीय र तृत्तीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरेका थिए ।

यसैगरी, यस प्रदेशबाट नेशनल रत्न हुने अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरुप सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिए संगै सिइओ क्लबको सातै प्रदेशको कार्यक्रम सकिएको बताउदै सबै प्रदेशबाट यस कार्यक्रममा सहभागि जनाएका सबै अभिकर्ताहरुलाई धन्यावाद तथा बधाई ज्ञापन गरे ।

उनले अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उदेश्य रहेको बताए ।

समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

nactional life -asoj
gaugauma singhadarbar

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४३

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी...

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफामा गिरावट...

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:२३

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

नबिल बैंकको नाफामा गिरावट

नबिल बैंकको नाफामा गिरावट

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०८

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको...

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंकको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०४

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:००

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीले...