कुमारी बैंकका ग्राहकलाई भिजन कार्टमा विशेष छुट

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

काठमाडौं । कुमारी बैंक र बुढानिलकण्ठ, काठमाण्डौ स्थित भिजन कार्ट प्रा.लि. बीच कुमारी बैंकका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंकका ग्राहकहरूलाई ओपिडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम (४,००० सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिईन्छ ।
साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट, र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिईनेछ ।

प्रकाशित समय : १५:३२ बजे