back

निर्जीवन बिमकहरुको ४ महिनाको व्यापार १४ अर्ब ३५ करोड माथि

काठमाडौं । निर्जीवन बीमा ब्यवसाय गने बीमकहरुले कार्तिक मसारतसम्ममा विभिन्न बीमालेखहरुबाट संकलन गरेको कुल बीमा शुल्कको प्रदेशगत विवरण सार्जनिक गरेको छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने १४ निर्जीवन बिमा र ४ लघु बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कार्तिक) महिनासम्मा ९ लाख ९८ हजार ५९६ वटा बिमा लेख जारी गरेर १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।

सावर्जनिक तथ्यांक अनुसार चार महिनामा ४ लघु बिमकहरूले २६ करोड १४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले १ लाख १ हजार ३६१ बिमा लेख जारी गरेका छन् । कार्तिकमा मात्रै लघु बिमकहरुले ७ करोड ५८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । कार्तिक महिनामा मात्रै यी चार कम्पनीले ५ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ बिमांक रकम बराबरको ३१ हजार ५७१ बिमा लेख जारी गरेका छन् ।

चार महिनाको अवधिमा लघु निर्जीवन बिमकमध्ये नेपाल माइक्रोले सर्वाधिक व्यापार गरेको छ । यो कम्पनीले ७ करोड ९० लाख २० हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । जसले कार्तिक महिनामा २ करोड ३९ लाख संकलन गरेको छ ।

यसैगरी, दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ । यो कम्पनीले ४ महिनामा ६ करोड ४१ लाख ८३ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । कार्तिक महिनामा भने १ करोड ८० लाख संकलन गरेको छ ।

त्यस्तै, ४ महिनाको अवधिमा ट्रस्ट माइक्रोले ५ करोड ८९ लाख बिमा शुल्क संकलन गरेको छ भने स्टार माइक्रोले ५ करोड ९३ लाख संकलन गरेको छ । कार्तिक महिनामा ट्रस्ट माइक्रोले १ करोड ६६ लाख बिमा शुल्क संकलन गर्दा स्टार माइक्रोले १ करोड ७१ लाख संकलन गरेको छ ।

चालु आर्थिक वर्षको ४ महिना अर्थात साउनदेखि कार्तिकसम्मको अवधिमा सबैभन्दा धेरै मोटर बिमावापत कम्पनीहरुले ४ अर्ब ५९ करोड ३८ लाख बिमा शुल्क संकलन गरेका छन। यस अवधिमा ४ लाख ९५ हजार ५३१ मोटर बिमा लेख जारी भएका छन ।

जसमध्ये बागमती प्रदेशबाट मात्रै २ लाख ३८ हजार १४० मोटर बिमालेख जारी भएका छन् । बागमती प्रदेशबाट मात्रै यो शीर्षकमा २ अर्ब ७२ करोड ८७ लाख बिमा शुल्क संकलन गरेका छन् । कर्णाली प्रदेशबाट यो शीर्षकमा ६ करोड २८ लाख बिमा शुल्क संकलन गरेका छन । कर्णाली प्रदेशमा ८ हजार ३५ वटा मोटर बिमा लेख जारी भएका छन् ।

४ महिनामा मोटर बिमापछि निर्जीवन बिमा कम्पनीहरुले सबैभन्दा धेरै सम्पत्ति बिमाबाट शुल्क संकलन गरेका छन् । यस अवधिमा सम्पति बिमाबाट मात्रै ३ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा १ लाख ५९ हजार ६७६ वटा सम्पत्ति बिमा लेख जारी भएका छन् ।

यस अवधिमा बिमा कम्पनीहरुले बागमती प्रदेशबाट यो शीर्षकमा सबैभन्दा धेरै ६० हजार ३७२ बिमालेख जारी गरेर २ अर्ब २२ करोड ८९ लाख बिमा शुल्क संकलन गरेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट सम्पत्ति बिमाबापत ३ करोड ६४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । कर्णालीमा यो शीर्षकमा ४ हजार १९६ बिमा लेख जारी भएका छन् ।

यसैगरी, ४ महिनाको अवधिमा निर्जीवन बिमा कम्पनीहरुले इन्जिनियरिङग बिमावापत १ अर्ब ८३ करोड ४९ लाख, विविध बिमा वापत १ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ, सामुन्द्रिक बिमा वापत ८१ करोड ७७ लाख, कृषि बिमावापत ६७ करोड ७९ लाख, हवाई बिमावापत ६६ करोड ४० लाख तथा लघु बिमावापत २६ करोड ८३ लाख तथा बिमा शुल्क संकलन गरेका छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...