back

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा सञ्चालित बीमा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ सँगको सहकार्यमा बुधबार एक दिने बीमा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरको होटल रुविजमा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौलाको अध्यक्षतामा सचिव श्यमलाल पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रमा प्रमुख अतिथी उद्योग परिषदका केन्द्रिय उपाध्यक्ष भिम घिमिरे रहेका थिए ।

कार्यक्रममा नियामक निकाय नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कर्यालयका प्रतिनिधि, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका संस्थापक अध्यक्ष लवमणी राजभण्डारीका साथै महासंघ सँग आवद्ध उद्योगी व्यवसायी गरी सय भन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रमा प्रमुख अतिथी घिमिरेले निर्जीवन बीमाको क्षेत्रमा भन्झट रहित दावी भुक्तानी प्रक्रिया सहितको प्रस्तुतीका लागि अयोजकलाइ धन्यवाद दिदै बीमा कम्पनीहरु बीमा लिनका लागि निरन्तर भेटघाट गर्ने तर बीमालेख जारी गरे पश्चात सम्पर्क गर्न गाहरो हुने समस्या देखिएकोले यसमा विशेष ध्यान दिन बीमा कम्पनीहरुलाई आग्रह गरेका छन् ।

यसका साथै नियमनकारी निकाय पनि यसै प्रदेशमा आफ्ना प्रदेश कार्यालय स्थापना गरी कार्य गरिरहेकोले यस्ता कार्यहरुमा सहज रुपमा नियमन गर्न सुझाव दिए ।

कार्यक्रमका विशिष्ट अतिथी खनालले प्राधिकरणको प्राथमिकताको क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सहकार्य गरी कार्य गरेकोमा खुसी व्यक्त गर्दै महासंघमा आवद्ध सम्पूर्ण उद्योगी व्यापारीहरुलाई आफ्नो व्यापार व्यवसायको उचित मुल्याङ्कन सहितको बीमा गरी सम्भावित जोखिमका कारण भविश्यमा पर्न सक्ने आर्थिक दायित्व बीमा कम्पनीलाई हस्तान्तरण गर्न ढिला गर्न नहुने विचार व्यक्त गरे । उनले नेपाल बीमा प्राधिकरण सदैव बीमितको अधिकारको पक्षमा रहेको र प्रधिकरण अर्धन्यायिक निकाय समेत भएकोले कुनै पनि गुनासा, सुझाव तथा उजुरी भएमा निर्धक्कसाथ प्रदेश कार्यालयमा जानकारी गराउन हुन पनि आग्रह गरे ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फबाट राजेन्द्र पाठकले दैनिक जीवनका जोखिमहरु, जोखिम व्यवस्थापनमा बीमाको महत्वका साथै लघुबीमाको आवश्यकता र हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रचलनमा ल्याएका लघुबीमालेखको बारेमा प्रस्तुती दिएका थिए । प्रस्तुती पश्चात छलफल कार्यमक्रमा सहभागीहरुले राखेका जिज्ञासालाई लिएर प्राधिकरणको तर्फबाट पुष्पा खनाल तथा अन्य विषयहरुमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका पदाधिकरीहरुले जवाफ दिएका थिए ।

कार्यक्रमको समापनको क्रममा अध्यक्ष निरौलाले सहज सहकार्यका लागि प्रोटेक्टिभ माइक्रोका इटहरी प्रमुख धना भट्टराईलाई धन्यवाद ज्ञापन गर्दै कम्पनी सँग न्यून बीमा शुल्कमा लक्षित वर्गका जोखिमलाई समेट्ने खालका बीमा योजनाहरु रहेकाले छिट्टै नै कार्यगत एकता गरेर महासंघ सँग आवद्ध सम्पूर्ण व्यवसायीहरुलाई लघुबीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले कोशी प्रदेशको इटहरी, विराटनगर, उर्लावारी र विर्तामोडमा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:४२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले धितोमा लिएको जग्गा सकार...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...