back

कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सिसिटिभी हस्तान्तरण

काठमाडौं । कृषि विकास बैंकले सोमबार एक कार्यक्रमबीच इलाकाप्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सिसिटिभी वितरण गरेको छ ।

बैंकले मेलम्ची बजार क्षेत्रमा हुने चोरी डकैती, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरू जस्ता कार्यको निगरानी गर्नका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिसिटिभी प्रदान गरेको हो ।

बैंकले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची वजारमा शान्ति सुरक्षाकायम गर्न सहज हुने बताइएको छ । मंसिर १० गते, मेलम्चि शाखामा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरिएको हो । बैंकले समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टहरु मार्फत सम्पन्न देखी विपन्न वर्ग सम्मलाई कृषि तथा अन्य व्यवसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गरी रहेको छ । शाखा मेलम्चिले आफ्नो स्थापनाकाल २०४२ साल देखी हालसम्म निरन्तर सेवा प्रवाह गरी रहेको बैंकले जनाएको छ ।

उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उप–महाप्रवन्धक, वागमति प्रदेश निर्देशक, मेलम्चि शाखाका प्रवन्धक प्रज्वल भट्टराई लगायतहरुको उपस्थिती रहेको थियो भने इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक कुमार चौलागाई लगायत विभिन्न सुरक्षाकर्मीहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा सिसिटिभी हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको नियमित सेवाका अतिरित्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागीता जनाउन पाँउदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ती सुरक्षा कायम राख्न ठुलो योगदान दिन सक्ने धारणा राखे । बैंकले यस क्षेत्रमा करिव १ अर्व बराबरको कर्जा लगानी गरी विकट ग्रामिण क्षेत्रका जनताको कर्जा आश्यकता पुरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको व्यहोरा उल्लेख गरे ।

कृषि विकास बैंक जस्तो ग्रामिण भेगमा गएर खेत वारी धितोको आधारमा कर्जा दिने अन्य कुनै बैंक नरहेको विचार व्यक्त गर्दै बैंकबाट लिएको कर्जा समयमानै भुक्तानी गर्न सामाजिक सचेतनाको लागि स्थानीय निकाय, प्रहरी, नागरीक समाज, राजनैतिक संघ संगठन आदिलाई उनले अनुरोध गरे । उक्त कार्यक्रममा इलाकाप्रहरी कार्यालयका प्रहरी निरिक्षक श्रीकुमार चौलागाईले उक्त सिसिटिभी ग्रहण गर्दै बैंकलाई धन्यवाद दिएका थिए । उनले बैंकले गरको यस प्रकारको योगदान दीर्घकालसम्म अविस्मरणीय रहने र आगामी दिनमा समेत सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकका उप–महाप्रवन्धक शुसिल हुमागाईं, वागमती प्रदेश निर्देशक चन्द्र सिंह थापाको उपस्थिती थियो भने कार्यक्रम बैंकका प्रवन्धक प्रज्वल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...