महालक्ष्मी विकास बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग
वि.सं.२०८१ मंसिर १२ बुधवार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
बैंकले एसिस्टेन्टदेखि डेपुटी म्यानेजरसम्मका पदमा रोजगारीको अवसर खुलाएको हो ।
बैंकले विभिन्न विभागमा डेपुटी म्यानेजर, सिनियर अफिसर, सुपरभाईजर, चार्टड एकाउन्टेन्ड, रिलेशनसीप म्यानेजर र एसिस्टेन्ट लगायतका पदहरूमा केही संख्याले कर्मचारी माग गरेको छ ।
उक्त पदहरुमा आवेदन दिनको लागि सूचनामा उल्लेख गरिएको क्यूआर स्क्यान गरी आफु योग्य रहेको पदमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।
प्रकाशित समय : १३:४७ बजे





















