back
himalayan life

राष्ट्रिय जीवन बीमा कम्पनीले सीईओ छान्न असफल

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी ‘प्रमुख कार्यकारी अधिकृत’ (सीईओ) छान्न असफल भएको छ।

कम्पनीले खुलाएको आवेदनमा प्रतिस्पर्धा गरेका चारैजना फालिएपछि कम्पनी सिईओ छान्न असफल भएको हो।

सीईओका लागि आवेदन दिएकाहरूलाई अन्तर्वार्ताका लागि सिफारिस गर्न शैक्षिक योग्यता, अनुभव र कार्यायोजनाका आधारमा कूल ५० पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्नु पर्ने व्यवस्था थियो। तर कुनै पनि उम्मेदवारले ६० अंक प्राप्त गर्न नसकेपछि चारैजनाको आवेदन अस्वीकृत भएको छनोट समितिले जानकारी दिएको छ।

कम्पनीले गत असोज १६ गते सूचना जारी गर्दै सीईओको माग गरेको थियो। कम्पनीले खुलाएको आवेदनमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए।

जसमध्ये महेश रिमाल हाल सोही कम्पनीका कार्यबाहक सिईओका जिम्मेवारीमा छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...