back

प्राकृतिक विपद् व्यवस्थापनका लागि विश्व बैंक र नेपाल सरकारबीच सम्झौता

काठमाडौं । प्राकृतिक तथा जलवायुजन्य विपद्को व्यवस्थापन एवं आपत्कालीन स्वास्थ्य सेवाको सबलीकरणका लागि विश्व बैंकले नेपाललाई १५० मिलियन अमेरिकी डलर अर्थात् २० अर्ब नेपाली रुपैयाँ बराबरको वित्तीय सहायता प्रदान गर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा अर्थ सचिव राम प्रसाद घिमिरे र विश्व बैंकका माल्दिभ्स, नेपाल तथा श्रीलंकाका क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले वित्तीय सहायता सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपाल विपद् उत्थानशील विकास नीति ऋण (क्याट डिडिओ) कार्यक्रम अन्तर्गत भएको यो सम्झौताले विपद् उत्थानशीलता वृद्धि गर्नुका साथै प्रभावकारी विपद् प्रतिकार्यका लागि संस्थागत संयन्त्रहरूलाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।

सम्झौताको महत्व बारे बताउँदै अर्थ सचिव घिमिरे भन्छन्, ‘क्याट डिडिओ नेपालका लागि अत्यन्त महत्वपूर्ण छ किनभने यसले जलवायु तथा अन्य प्राकृतिक विपद् र स्वास्थ्य सम्बन्धी संकटको सामना गर्न सहयोग पुर्‍याउनेछ । विशेषगरी वित्तीय अभावको समयमा तत्काल र लचिलो तरलता प्रदान गरी देशको विपद् तयारी, रोकथाम र प्रतिकार्यलाई सुदृढ बनाउनेछ ।’

यस सम्झौताले राष्ट्रिय विपद् व्यवस्थापन कोष र प्रधानमन्त्री विपद् राहत कोष जस्ता सरकारका विद्यमान प्रतिकार्य संयन्त्रहरूलाई थप सबल बनाउने छ ।

विश्व बैंकका क्षेत्रीय निर्देशक सिस्लेनका अनुसार, क्याट डिडिओ विपद् जोखिम वित्तीय साधन हो, जसले सरकारलाई विकास कार्यक्रमहरूबाट स्रोत नघटाई आपतकालीन आवश्यकताहरूको द्रुत प्रतिकार्य गर्न सक्षम बनाउनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...